शुक्रबार, चैत्र १६, २०८०

राउतलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै सर्वोच्चद्दारा तारेखमा छाड्न आदेश

काठमाडौ फागुन २३ , स्वतन्त्र मधेस गठबन्धन नामक समूहको गठन एवम जातीय र सामाजिक सद्भाव बिथोल्दै राज्य विरुद्ध सङ्गठित अपराध गरेको आरोपमा पक्राउ परेका डा सीके राउत विरुद्धको मुद्धाको सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्न आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, निजमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण केही फेला नपरेका कारण पुर्पक्षका लागि थुनामा राख्न् आवश्यक नभएके भन्दै तारेखका राखी मुद्दामा पुर्पक्ष गर्न दिनु भनिएको छ ।

यसअघि राज्य विरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले गत मङ्सिर २० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जले माघ ३ गते जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।