शुक्रबार, चैत्र १६, २०८०

रसुवा नयाँ शक्ति नेपालका जिल्ला संयोजक र प्रदेश सांसदसँगै हजारौं नेता कार्यकर्ता कांग्रेसमा

काठमाडौ फागुन १३, रसुवामा नयाँ शक्ति नेपालका जिल्ला संयोजक फुर्वु वाङ्दी तामाङ र रसुवा प्रदेश ‘ख’ मा नयाँ शक्तिको तर्फबाट निर्वाचित प्रदेश सांसद प्रेम तामाङसहित ४ जना केन्द्रीय सदस्य सहित हजारौंभन्दा बढी नेता कार्यकर्ता आज आयोजित एक कार्यक्रमकावीच नेपाली कांग्रेसमा प्रवेश छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, सहमहामन्त्री डा। प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापालगायतका नेताहरूको उपस्थितमा आज भएको विशेष कार्यक्रमकावीच जिल्ला संयोजक तामाङ र प्रदेश सांसद तामाङ सहितको नवप्रवेशीलाई कार्यक्रममा सभापति देउवा र नयाँ शक्तिका जिल्ला संयोजक तामाङले नेपाली कांग्रेसको झण्डा साँटासाँट गरेर पार्टी एकताको घोषणा सहित पार्टी प्रवेश गराएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा लोकतन्त्रको रक्षा विगत देखि वर्तमान सम्म केवल काँग्रेसले मात्र गर्दै आएको बताउँनु भएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रमलाइ नेता रामचन्द्र पौडेल महममन्त्री डा शसांक कोइराला ,सहमहामन्त्री डा प्रकाशशरण महत ,जिल्ला संयोजक तामाङ लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।