बिहिबार, बैशाख १३, २०८१

यो वा त्यो नाममा सक्रिय हुन खोजेको कुनै पनि अतिवादी स्वीकार्य छैन : नेता सिटौला

द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक रहेको नेता थापा जिकिर

काठमाडौ पुस १२,  हालै सम्पन्न नेपाली काँग्रेसको महासमिकिो बैठक पछि सो पार्टीका नेता को कृष्णप्रसाद सिटौलाले आज राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै महासमिति बैठकको उपलब्धि एवम् अवसरको सवालमा आफ्ना अभिमत प्रस्तुत गर्दै पार्टी बलियो भए सभापति पनि बलियो हुने तर सभापति बलियो हुँदैमा पार्टी बलियो नहुने बताउँनु भएको छ ।

त्यस्तै काङ्ग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले मुलुकको संघीय प्रारुप अनुरुपको पार्टीगत विधान प्राप्त हुनु काँग्रेसको लागि सवै भन्दा ठूलोे उपलब्धि भएको र अव विधानत सबै केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक पदमा एक व्यक्तिलाई एकपटक मात्र प्राप्त हुने बताउँनु भएको छ । त्यस्तै उहँfले काँग्रेसको महाधिवेशनको सवालमा तत्काल महाधिवेशन गर्न नसकिए संक्रमणकालिन  व्यवस्थाको   आधारमा पार्टीमा नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँनु भएको छ ।

साथै उहाँले काँग्रेसले मुलुकमा बढ्दो नेकपाको दुइ तिहाइको दम्भ सहितको हर्कतका कारण काँग्रेसको नेतृत्वमा जारी भएको संविधान समेत संकटमा रहेको बताउँदै यतातर्फ अर्थात संविधानको अपनत्व लिन काँग्रेसले बेलेमा ध्यान दिन जरुरी रहेको बताए । त्यस्तैगरि उहाँले संविधानमा धर्मका बारेमा जे व्यवस्था छ त्यही पार्टीको धारणा भएको बताउँदे पूर्व राजा ज्ञानेन्द्र , विप्लव नेतृत्वको माओवादी त्यस्तैगरि , सिके राउत समूह संविधान फेल गराउन मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको जिकिर गर्दै उहाँले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको बताउँनु भएको छ ।

कार्यक्रममा युवा नेता गगन थापाले काङ्ग्रेसको विधानको उपलब्धीको चर्चा गर्दै प्राप्त उपलब्धीलाइ थप परिस्कृत बनाउँन अ निर्धारित समयमानै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँनु भएको छ ।  साथै उहाँ ले महासमिति बैठकको समापन सत्रलाइ सम्बोधन गर्ने क्रममा पार्टी सभापतिले पार्टी भित्र विद्यमान गुटउपगुटको अन्त्य भएको उद्घोष गरेपनि अझै काङ्ग्रेसमा गुटउपगुट रहेको सञ्चारकर्मीको जिज्ञासामा नेता थापाले भन्नुभयो, “द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक रहेको बताउँदै नेताथापाले कांग्रेसका सदस्यहरुको जीवन अब पारदर्शी हुनुपर्नेमा जोड दिदै पार्टीका पूर्णकालीन कार्यकर्ताकाका लागि पार्टीले आय आर्जनका मार्ग पहिल्यानु पर्ने बताए ।

त्यस्तै नेता थापाले धर्म वैयक्तिक बिषय भए पनि सनातन धर्मको रक्षा गर्ने दायित्व राज्यको भएको बताउँदै सरकार समेत धर्म प्रचारमा लागेको भन्दै सरकारको यस रवैया विरुद्ध काँग्रेस उभिने स्पष्ट पार्दै  नेता थापाले सभापति शेरबहादुर देउवाद्धारा महासमिति बैठकको समापनसत्रको क्रममा दिनु भएको अभिव्यक्ति अर्थात सभापति र वरिष्ठ नेता पौडेल वीच लभ परेको मात्र होएन विवाहमा परिण भएको हेर्न तमाम काँग्रेस वृत उत्सुक भएको बताउँनु भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उमाकान्त चौधरी, नेता शिव हुमागाइ लगायतले काङ्ग्रेस जनतामाझ गएर आशा र विश्वास जगाउनुको विकल्प नभएका जनाउ दिदै अवका दिनमा काँग्रेसलाइ विधानत क्रिायशील बनाउँनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।