शुक्रबार, चैत्र १६, २०८०

यो केवल कम्पनीको बढ्दो लोकप्रियताबाट अत्तालिएका तत्वबाट भएको प्रोपोगण्डा मात्र हो :इन्जेक्सन नेपाल प्रालि

काठमाडौं पुस ५,  गत मंगलवार यस अनलाइनमा प्रकाशित समाचारको सवालमा सरोकारवाला कम्पनीको तर्फबाट प्राप्त खण्डन प्रतिक्रिया प्रकाशित गरिएको छ । (-स )

श्री कान्तिपुर हटलाइन।

विषय : प्रकाशित समाचारप्रति यथार्थ सहितको खण्डन प्रतिक्रिया ।

महोदय,

मिति २०७५ पुस ३ गते त्यस अनलाइनमा प्रकाशित DDA  मा औषधि आयात लाइन्सेन्स नविकरणको चलखेल शिर्षकमा प्रकाशित समाचारमा  यस इन्जेक्सन नेपाल प्रालिको विषयमा प्रकाशित खवर प्रति हाम्रो गम्भीर ध्यानाकर्षण  हुनुको  अलावा  आफैमा कपोल्पित एवम् भ्रामक भएको जानकारी गराउँदछु ।

(उदय प्रसाद वास्कोटा)

 त्यस्तै विगतमा कम्पनीले उत्पादन गर्ने गरेको पेन्सिलिन उत्पादनको क्रममा गाइडलाइन नमिल्ने भएकै कारण लामो समय यता देखिनै यसको उत्पादन   बन्द गरेको विधिवत जानकारी सरोकारवाला एवम नियमक निकायमा गराइसकेका जानकारी निवेदन गर्दछु । साथै सञ्जीवनी प्यारन्टलद्दारा उत्पादन गरिएको लाइफ सेभिङ ड्रग्स नेपाल लगायत विश्वका धेरै मुलुकमा खपट हुने गरेको र आजको मितिसम्म कम्पनीबाट उत्पादन भएका लाइफ सेभिङ ड्रग्सबाट त्यस्तो कुनै हानी नोक्सानी नगरेको प्रष्ट पार्दै समाचार प्रकाशित गर्दा सुझबुझका साथ गरिदिनु हुन अनुरोध गर्दछ ।

त्यस्तै गरि हाम्रो कम्पनीको अडिटमा कारणवश भएको ढिलाइ र कम्पनीको बढ्दो लोकप्रियताबाट अत्तालिएका औषधि सामराज्य भित्रैकै केहि तत्वले अत्तालिदै यो वा त्यो नाममा अनेकन प्रोपोगण्डा मात्र नभइ कम्पनीको स्वामित्व समेत आफुनो बनाउँने कुसत्सित मनशाय राखेको यहाँलाइ जानकारी गराउँन चाहन्छु । विगत देढदशक यतादेखि कम्पनी आवद्ध हुँदै हामीले गर्दै  आएको कामकारवाही आफैमा सूर्यको प्रकाश जस्तो सर्वत्र जगजाहेर रहेको छ । यसवीचमा किन हामीले नियमक निकायका अधिकारीलाइ आर्थिक प्रभावमा पार्नु र निति र विधिसंगत रुपमा काम गर्दै आएको यस इन्जेक्सन नेपाल प्रालि सदैव जनताको स्वस्थ्य गुणस्तरिय औषघि सेवन गर्न पाउँने नसैर्गिक अधिकारको रक्षाको लागि प्रतिवद्ध रहेको छ । त्यस्तै राज्य मातहतका नियमकनिकाय औषधि व्यवस्था विभागद्दारा जारी कुनैपनि निर्देशिकाको पक्षपाति रहेको छ ।

साथै इन्जेक्सन नेपाल प्रालिले औषधि व्यवस्था विभागका जिम्मेवार अधिकारीलाइ आर्थिक प्रभावमा पारेको भन्ने सवाल आफैमा गलत भएको र कुनैपनि प्रमाणिक आधारविना कसैकौ पनि चरित्रमा प्रश्न गर्नु आफैमा दुराशयपूर्ण कार्य भएका कारण विभागका अधिकारीले अडिट रिपोर्ट डब्लुएचओको मापदण्ड र विभागको निर्देशिका अनुरुप आएको छ भने स्वाभावीक रुपमा लाइसेन्स रिन्यू हुँने बताउँनु आफैमा स्वागत योग्य अभिव्यक्ति हो । गलत काम गर्नेलाइ कारवाही हुनुपर्छ तर नियोजित   प्रचार गर्र्दै कसैमाथि पनि प्रहार गर्नु  महापाप हो । यसअर्थमा पनि इन्जेक्सन नेपाल प्रालिको तर्फबाट मानव स्वास्थ्यसंगको खेलवाड गर्ने काम नभएको तपाइको सञ्चारमाध्यमबाटै सम्वद्ध सवै सरोकारवाला एवम नियम निकाय समेतलाइ प्रष्ट पार्न चाहन्छु ।

शेषकान्त सुवेदी तथा उदय प्रसाद वास्कोटा  
इन्जेक्सन नेपाल प्रालि

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।