शुक्रबार, चैत्र १६, २०८०

यो आर्थिक वर्षभित्रै थप एक लाख दिन सकिँदैन् : सिईओ भुसाल

  •  २०१८ भित्रै मित्रराष्ट्र र अन्य दातृ निकायहरुसँग  सहयोगको लागि दाता सम्मेलन आयोजना गरिने प्राधिकरणको तयारी
  •  धरहरा , काष्ठमण्डप दरबार हाईस्कुलको आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने

काठमाडौ माघ २० राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने बताउनु भएको  छ । रिपोर्टर्स क्लबले आज आयोजित साक्षात्कारमा बोल्दै   सिईओ भुसालले यस्तो अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले  भने मन्त्रीपरिषदबाट भएको  भनिएको  एक लाख रकम थप्ने निर्णयको जानकारी प्राधिकरणमा  नआएको र यदि आयो भने पनि थप रकम यो आर्थिक वर्षभित्रै दिन सक्ने संभावना नभएको बताउनु भएको हो ।

साथै  भुषालले  भने  यही माघ १ गतेको कार्यविधिले अशक्त, एक महिला, टुहुराटुहुरीको लागि प्राधिकरणले आँफै घर निर्माण गरिदिने भएकोले सोही अनुसार प्राधिकरणले काम गरिरहेको जानकारी सहित धरहरा निर्माणको विषयमा डिजाईन ईस्टिमेट भैरहेकोले अब केही दिनभित्रै फाईनल गरिने जानकारी दिदै   धरहरा , काष्ठमण्डप दरबार हाईस्कुलको आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने बताए ।

त्यस्तै गल्लीगल्लीमा रहेका घर निर्माणको लागि बैंकले लोन नदिने भएकोले यसबारेमा आफूहरुले प्राधिकरणभित्रै बैंकिङ युनिट खडा गर्दै ऋण प्रवाह गर्ने तयारी भइरहेको  बताउँदै  चालु  आर्थिक वर्षभित्र करिब ६० प्रतिशत नीजी आवास निर्माण भैसक्ने र सम्प्दाको लागि भने समय लाग्ने  उहाँको  जिकिर रहेको  थियो  ।  साथै    बाँकी पुर्ननिर्माणको    लागि यही वर्ष अर्थात् सन २०१८ भित्रै मित्रराष्ट्र र अन्य दातृ निकायसँग हामीलाई पैसा अभाव भयो भन्दै सहयोगको लागि दाता सम्मेलन आयोजना गरिने प्राधिकरणको तयारी रहेको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।