शुक्रबार, चैत्र १६, २०८०

युवाहरुले सदैव सकारात्मक सोच सहित अगाडि बढ्नु पर्नेमा पूर्वमन्त्री ढकालको जोड

काठमाडौं माघ २२ , पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नामक संस्थाको शुभारम्भ गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच बाम प्रगतिशिल गठबन्धनका नेता ढकालले संस्थाको शुरुवात गदै युवाशक्तिलाई सहि रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।  साथै उहाँले युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नु पर्नेमा विशेष जोड दिदै युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सकेको खण्डमा मुलुकको भविष्य उज्यालो हुने बताउँनु भएको छ ।

युवालाई सहि मार्ग निर्देशित गर्दै उनिहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्य सहित स्थापित प्रस्तुत संस्थाको शुभारम्भ कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघ, नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले परिवर्ततित अवस्था अनुरुप युवाहरूको मनोविज्ञान बुझेर सोहीअनुसारको शिक्षा उनीहरुलाई दिनु आवश्यक रहेकोमा जोड दिदै अरुका लागि बाँच्न सक्ने, नैतिकवान् र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ भएको बताए ।   त्यस्तै कार्यक्रममा लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष शाह, बरिष्ठ गायक आनन्द कार्की, युपीएफ नेपालका महासचिव बिनोद डाँगी लगायतले युवा हरेका समस्या समाधानको बहाक र बिकास र समृद्धिको अगुवा भएकोमा जोड दिएका थिए ।

विश्व शान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापाको अध्यक्षतामा भएको कार्यक्रमले प्रकाशबाबु थापाकै अध्यक्षतामा बिश्व शान्तिका लागि युवा र बिद्यार्थी नेपाल नामक संस्थाको तदर्थ समिति पनि गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा रुपशिह भण्डारी, केशब श्रेष्ठ, सुदर्शन कुवर, सन्दीप महत, सन्ध्या बिडारी, सुनिता डंगोल लगायत रहेका छन् । कार्यक्रममा वल्र्ड कार्प नेपालका अध्यक्ष रुपशिह भण्डारी युवा सशक्तिकरण, नैतिक तथा चारित्रिक निर्माण लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।