बुधबार, बैशाख १२, २०८१

यी हुन नेकपा अण्डरलाइनका लागि एमाले कोटाका नयाँ केन्द्रीय सदस्य

काठमाडौ जेठ ७,  एमाले माओवादी केन्द्र एकाकार हुँदै अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ३६ जना थप सदस्यको नाम आइतवार टुंगो लागेको छ ।

 केन्द्रीय कमिटीका ४ सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति सवालमा भएको व्यवस्था अनुसार थप केन्द्रीय सदस्यको नाम टुंगो लगाउँन नेकपाका अध्यक्ष केपी ओली र सचिवालय सदस्य माधवकुमार नेपाललाइ दिएको जिम्मेवारी अनुरुप ३ दर्जन नयाँ केन्द्रीय सदस्यको पहिचान गरिएको हो । यसरी पहिचान गरिएका केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य हुनुहुन्छ ।

त्यस्तै दयालबहादुर शाही, रवीन्द्र अधिकारी(नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल रहेको र बाँकी केन्द्रीय सदस्यहरुको पहिचान हुँदै गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।