शनिबार, बैशाख ८, २०८१

यी हुन गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ’ प्रतियोगिताका छनोट भएका प्रदेश ३का खेलाडी

काठमाडौ पुस १०,  गणेशमान सिंह फाउण्डेनशको आयोजनामा आगामी माघ २२ गतेदेखि शुरु हुँने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ’ प्रतियोगिताका छनोट गरिएको छ ।

प्रस्तुत प्रतियोगिताका लागि प्रदेश ३ बाट क्रमस पुरुष ४९ केजी समूहमा  काठमाडौँका मदनकृष्ण डङ्गोल ,५२ केजी तौल समुहमा काठमाडौँका मिङमार ग्याल्जेन शेर्पा ,५६ केजीमा काठमाडौका आदित्य कर्माचार्य,६० केजीमा काठमाडौँका सनिल शाही ,६९ केजीमा काठमाडौँका अनिश डङ्गोल,७५ केजीमा चितवनका दिवसलाल भूमि ,८१ केजीमा ललितपुरका सौजन थापाले क्रमस मकवानपुरका अनन्त ओझालाई , चितवनका ओम परियारलाई ,मकवानपुरका सुचितध्वज कार्की,धादिङका अभिषेक राई,नुवाकोटका सरियान्स प्रजापति,रामेछापका प्रिनस खड्का र चितवनका अमर शेर्पालाई पराजित गर्दै फाइनलमा पराजित गर्दै प्रतियोगिताका लागि छनोट हुन सफल भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै महिलातर्फ ४८ केजीमा सुष्मा तामाङले भक्तपुरकी अस्गिता दुवाल तथा ५१ केजीमा रोशनी राईले भक्तपुरकी सुष्मा खड्कालाई पराजित गर्दै छनोट हुन सफल भएकी छिन । योछनौट संगै प्रदेश १ २ र ३ मा मा छनोट कार्य सम्पन्न भएका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।