शुक्रबार, चैत्र १६, २०८०

यस्तो थियो लायन्स क्लव अफ नेपाल जर्नालिष्टको पदस्थापना कार्यक्रम

काठमाडौं असाज २, लायन्स क्लव ईन्टरनेशनलको एक सय एक वर्षको इतिहासमा पहिलो पटक लायन्स क्लव फेलाशिप र रामेछापको स्पोन्सरमा पेशागत रुपमा गठित नेपाली पत्रकारहरुको पहिलो क्लव लायन्स क्लव अफ नेपाल जर्नालिष्टको सोमवार राजधानीमा चार्टर, ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सम्पन्न भएको छ ।   मुलत मानविय सेवामा समर्पित लायन्स क्लव सन् अमेरिकन नागरिक  मेलभिन जोन्सले १९१७ मा एक परिणाम मुखी अवधारणा सहित तत्काली विश्वयुद्धको चपेटामा परेको पिडितहरुको सहयोगार्थ स्थापना गरेको लायन्स क्लव इन्टरनेशशनल विश्को २११ राष्टमा विस्तारित हुने क्रममा नेपालमा भने सन १९७१ मा तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालालले संस्थापक अध्यक्षको जिम्मेवारी सहित विराटनगरमा स्थापना गर्नु भएको थियो ।

तत्कालीनप्रकोइरालाले नेपालमा लायन्सको प्रस्तावित लक्ष्य कार्यान्वयन गर्ने उद्देश्य अनुरुप १९७१ अर्थात विस २०४३ कबाट सेवाको क्षेत्रमा फक्रर्न सुरु गरेको नेपाली लायन्सका सहगोगी हातहरु विस्तारित भएको पनि ४८ वर्ष भइसकेको छ ।यसवीचमा नेपालको तर्फबाट पहिलोपटक लायन्स संन्जय खेतानले अन्र्तराष्ट्रिय जगतमा प्रतिनिधीत्व गर्दाको क्षण जति महत्वपूर्ण थियो त्यतिनै महत्वपूर्ण पलको आभास आज पेशागतरुपमा क्रियाशी पत्रकारहरुको मात्र सहभागीता रहेने गरि गठन भएको पहिलो क्लव  लायन्स क्लव अफ नेपाल जर्नालिष्टको पदस्थापना कार्यक्रमले गराएको छ ।

लायन्स क्लवको   प्रस्तावित मर्मलाइ सार्थकता दिने लक्ष्य अनुरुप पत्रकार योगेन्द्र प्रताप शाहीकोे अध्यक्षतामा अस्त्विमा आएको प्रस्तुत क्लवमा नेपाल पत्रकार महासंघ भारत च्याप्टरका पदाधिकारी सहित दुइदर्जन पत्रकारहरु क्रमस प्रथम उपाध्यक्षमा डा। निरञ्जन ओझा, द्वितिय उपाध्यक्षमा नेत्र प्रसाद न्यौपाने, सचिवमा श्रीजन झा, सहसचिवमा नरेन्द्र मानन्धर, कोषाध्यक्षमा मञ्जु शाही र सह कोषाध्यक्षमा शुभाञ्जली मानन्धर रहेका छन् ।  त्यस्तै सदस्यहरुमा प्रल्हाद पोखरेल, यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, विष्णु गिरी, विपन शाह, सविन विक्रम शाही, सुनिला महर्जन, यशश्वी शाही र सुनिता कोइराला ,देव बहादुर कुँवर, लोकेन्द्र कुमार शाह, दान बहादुर बीक रहेका छन् । यसमध्ये कुँवर, शाह र विक पत्रकार महासंघ भारत च्याप्टर आवद्ध रहेका छन । त्यस्तै क्लवको इन्टरनेशनल फाउण्डेशन डाईरेक्टरमा राजन कार्की, पब्लिक रिलेसन अफिसरमा रोशन कार्की, क्लव डाईरेक्टरमा प्रज्जवल थापा मिडिया डाईरेक्टरमा प्रविन श्रेष्ठ र मेम्वरशिप डाईरेक्टरमा हिरा आले  रहेका छन् ।

   

वरिष्ठ पत्रकार, सञ्चार विज्ञ, क्लवका शुभचिन्तक लगायतको उपस्थिती सहितको भव्य कार्यक्रममा लायन्स क्लब मल्टिपल चेयर परर्सन डीआर खनालको प्रमुख आतिथ्यतामा र डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गले क्लवकाको चार्टर प्रमाण पत्र क्लवका अध्यक्षमा योगेन्द्र प्रताप शाहीलाई हस्तान्तरण गर्नुभएको थियो ।  डिष्ट्रिक ३२५ एटु’ अन्र्तगत श्रमजिवी तप्काका लायन्स क्लव अफ नेपाल जर्नालिष्टको क्लवको चार्टर प्रमाण पत्र र सदस्यता प्रमाणपत्र एवम पिन वितरणसंगै जनमासमा लायन्स क्लवप्रति रहेको भ्रम अर्थात लायन्स भन्ने वित्तिकै सम्पन्न वर्गको क्लव हो भन्ने भ्रम चिर्न सफल हुनु नै महत्वपूर्ण पल सावित भएक छन ।

  चार्टर प्रिजेन्टेन्सन समारोहमा कार्यक्रममा लायन्स क्लब मल्टिपल चेयर परर्सन डीआर खनाल र डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्ग,जिएमटी चियरपर्सन शम्भु घिमिरे र सञ्चारजगतका आधारस्तम्भ वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी लगायतले आजको साँझ आफैमामा महत्वपूर्ण रहेको जनाउ सहित पत्रकारवृतसंगको सहकार्यबाट लायन्सको अध्यायमा नयाँ अध्यायको सुरवात भएको अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा स्वागत अभिव्यक्ति सचिव श्रीजन झाले दिनु भएको थियो भने धन्यवाद ज्ञापन क्लवका प्रथम उपाध्यक्ष डा निरञ्जन ओझाले गर्नुभएको थियो ।  कार्यक्रममा डिस्ट्रिकका द्दितिय उपाध्यक्ष डा शुशिला मल्ल , डिस्ट्रिक क्याविनेट ट्रेजर लायन विधान जोशी, पिडिजी लायन विजु बज्राचार्य , पिडिजी लायन मधुकर उपाध्याय लगायत उल्लेख्य जिम्मेवार पदाधिकारीहरुको उपस्थती रहेको थिय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।