शुक्रबार, चैत्र १६, २०८०

यस्तो थियो भूकम्पको महाविपत्ति, निमेष भरमै तहसनहस

फाइल फोटो

 काठमाडौं माघ २,  आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । “बिपतवाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” भन्ने नाराका साथ आज भकम्प सुरक्षा दिवस मनाइदै गर्दा गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछि लगातार गएका श्रृंखलाबद्ध भूकम्पको महाविपत्तिले निमेष भरमै तहसनहस पारेको घर ।

यस दिन अर्थात बैशाख १२ को स्मरण मात्र गर्दा आफैमा कहाली लाग्दो अवस्था थियो । त्यसवेला भू–कम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे । ग्रमिण भेगका गाँउ वस्तिहरु ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक तुर्को पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे ।

गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छिाया छिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे । कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । कति को त २ दिन, ३ दिन पछि जिवितै उद्धार पनि भयो तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दले वयान गर्न नसकिने थियो । केही विदेशी सञ्चार माध्यमका साथिहरुको व्यवस्थापन र भारतिीय वायु सेनाको सहयोगमा गोरखा र सिन्धुपाल्चोक पुग्दा मन भक्कानियर आँउदथ्यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174