शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ वर्षा सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा (१३ तस्वीर)

अनुप प्रधान/ काठमाडौं चैत ३०,  हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन जमलनजिकको तीनधारा पाठशालाबाट सुरु हुने सहकाल र करुणाका देवता मानिने सेतो मच्छिन्द्रनाथको ५ दिने रथयात्राआज देखि सुरु भएको छ । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरकारूपमा पूज्ने परम्परा छ ।

सेतो मच्छिन्द्रनाथको मूर्तिलाई आज साँझ शुभ साइतमा रथारोहण गरेपछि रथयात्रा सुरु गरिएको हो ।

रथयात्राको पहिलो दिन रथलाइ असन पुर्‍याइन्छ भने दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ त्यसतै चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौं दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छिन्द्रबहालसम्मको यात्रा गराएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिने परम्परा रहि आएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।