शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ महाशिवरात्रिको तयारी: कोष

गाँजा, भाङ, धतुरोलगायतका लागूपदार्थ प्रयोगमा निषेध

 काठमाडौ माघ २९, पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  कोषले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै यसवर्षको् महाशिवरात्रिको क्रममा करिब १२ लाख दर्शनार्थी आउने अनुमानसहित सोहीअनुरूप तयारी गरेको जनाउँदै करिब एक हजार जोगी र साधुसन्त पाशुपत क्षेत्रमा आइसकेको अरु आउँने क्रम निरन्तर रहेको कोषले बताएको छ । तयस्तै कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि करिब ५२ लाख रुपैयाँ वियिोजन गरिएको जानकारी दिदै दर्शनार्थीको लागि सहज दर्शन व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्यस्तै महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको छ। बत्तीसपुतली, गौशालाबाट आउने दर्शनार्थीलाई पिंगलास्थान, सुमार्गी भवन, चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। एयरपोर्टतर्फबाट आउनेका लागि तिलगंगा, पिंगलास्थान हुँदै सोही लाइनबाट मन्दिर पुग्ने व्यवस्था गरिएको छ।

गुहेश्वरीबाट आउने दर्शनार्थीका लागि गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकीनाथ हुँदै उत्तरढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। चाबहिलबाट आउने मित्रपार्क, जयवागीश्वरी, भुवनेश्वरी हुँदै फलामे ढोकाबाट पश्चिमको मूलढोका छेउबाट प्रवेश गर्नेछन्। सिफल जयवागीश्वरीबाट आउने पनि सोही रुट भएर पश्चिमको मूलढोका छेउबाट प्रवेश गर्नेछन्। पूजाअर्चनापछि दर्शनार्थीलाई पश्चिम ढोकाबाट वनकाली हुँदै गौशाला निस्कने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ।

यसैवीच कोषले वनकालीस्थित हंसमण्डप र तिलगंगा क्षेत्रमा दर्शनार्थीलाई निःशुल्क आवास र भोजनको व्यवस्था मिलाइनुको अलावा ‘शिवरात्रिका लागि पाशुपत क्षेत्रमा डाक्टर, नर्स र एम्बुलेन्सको सुविधासहितका स्वास्थ्य शिविर सञ्चालन हुनेछन्’, उनले भने, ‘सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकासँग मिलेर घुम्ती शौचालय सञ्चालन गरेको जानकारी दिदै पाशुपत क्षेत्रमा प्लास्टिकका झोला, कप, प्लेट निषेध मात्र नभएर यस वर्षदेखि महाशिवरात्रिका अवसरमा गाँजा, भाङ, धतुरोलगायत कुनै पनि प्रकारका लागूपदार्थ प्रयोगमा समेत निषेध गरिएको जनाएको छ ।  त्यसैगरी, सवारी साधनलाई गुह्येश्वरीपारि, सिफलचौर, महानगरीय प्रहरी वृत्त गौशाला, कोषको कार्यालय भण्डारखाल र तिलगंगामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको कोष जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।