शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ प्रम ओलीको ३ दिने राजकीय भारतीय भ्रमण तालिका

काठमाडौं चैत २२, प्रधानमन्त्री केपी ओलीले शुक्रबार ३ दिने राजकीय  भारत भ्रमणमा जान लागेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  यस्तै भ्रमणको क्रममा उहाँले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय काँग्रेस आईका नेतासँग समेत भेटवार्ताको कार्यक्रम रहेको बताईएको छ ।

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जाँदै गर्नु भएका प्रधानमन्त्री ओली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । विमानस्थलबाट उनी सिधै होटल इम्पेरियरमा जानेछन् । होटलमा नै भारतीय उद्योगि तथा व्यापारीहरुसँग वृहत अन्तक्रिया तथा त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएको छ ।

दिवाभोजपछि भेटघाट कार्यक्रम तय गरिएको छ । भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेतासंग भेट्वार्ताका हुने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री ओली यसवीचमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजित रात्रीभोजमासमेत सहभागी हुनेछन् ।

शनिवार भने प्रधानमन्त्रीले भारतीय राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीको स्वागत तथा गर्ड अफ अनर ग्रहण गर्दै भारतीय समकक्षीबीच भेटवार्ता हुने र महत्वपूर्ण विषयमा दुईपक्षीय सहमति गर्ने कार्यक्रम छ । सोही दिन पत्रकार सम्मेलनमार्फत् दुई प्रधानमन्त्रीबीचका सहमति सार्वजनिक गर्ने बताईएको छ।

प्रधानमन्त्री ओलीले भारतको उत्तराखन्डको गोविन्ददेव पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि दिनेछ । त्यसपछि ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणको अन्तिम दिन २५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ । विश्वविद्यालयले ओलीलाई मानार्थ डाक्टरको उपाधि दिन लागेको छ । सोही दिन साँझ प्रधानमन्त्री ओली दिल्लीबाट स्वदेश फर्किनेछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।