बिहिबार, चैत्र १५, २०८०

यस्तो छ काँग्रेस महासमिति बैठकको कार्य तालिका

 बैठक तयारीका सम्पूर्ण कार्य अन्तिम चरणमा, बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने,सिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन

काठमाडौ मंसिर २७ , नेपाली काङ्ग्रेसले मुलुकको परिवर्तित संघीय संरचना अनुरुप मौजुदा विधान समेत परिमार्जन गर्दै विधान पारित गर्नुको अलावा भावी दिनमा काँग्रेसले अख्तियारगर्नु पर्ने रणनिती तय गर्नका लागि मङ्सिर २८ देखि पुस ३सम्म बस्ने गरि आव्हान गरेको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसैबीच काङ्ग्रेसले महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार मंसिर २८ गते काङ्ग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत कार्यक्रमको आयोजना हुने उल्लेख गरिएको छ । त्यस्तै मंसिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन कार्यक्रमको आयोजना एवम् हुनेछ । उद्घाटनसत्र लगत्तै बन्दसत्र प्रारम्भ हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने काँग्रेस मुख्यालले जनाएको छ ।

यसैवीच काँग्रेसले महासमितिको तयारीका लागि गठित विभिन्न समिति अन्र्तगत पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति त्यस्तैगरि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन छ ।

महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने जनाउँदै सम्वद्ध समितिले आआफ्नो जिम्मेवारी अनुरुपको कार्य सम्पादन गर्दै गरेको जनाएको छ ।  यद्यपी गठित समिति मध्ये पदाधिकारी सङ्ख्या बढाउने÷नबढाउने भन्ने सवालमा सहमति बन्न नसकेपछि विधान मस्यौदा समितिको प्रतिवेदन पारित हुन सकेको छैन । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी रहेको छ ।

त्यस्तै बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको सम्वद्ध समिति  वछ सदस्ष्हरुले जनाएका छन

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।