बुधबार, बैशाख १२, २०८१

यस्तो छ उपराष्ट्रपति निर्वाचनको कार्यतालिका मतदान चैत ९ मा

काठमाडौं फागुन ३०, निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको हो ।   आयोगका अनुसार निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदानको कार्यक्रम सञ्चालन गर्ने तयारी भएको बुझिएको छ ।

त्यस्तै आयोगले उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप उपराष्ट्रपति पदका लागि सोही लिङ्ग वा समुदायभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न गराउन पाइने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।