शुक्रबार, बैशाख १४, २०८१

यसरी शुभारम्भ र समापन गरिन्छ काठमाडौं र भक्तपुरमा होली

काठमाडौं चैत ६, वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश प्रवाहका लागि मनाइने फागु पर्व आज परम्परागत रूपमा मनाइदैछ । आज साँझ राजधानीको वसन्तपुरमा होलीपर्व आरम्भको सूचकका रुपमा उठाईएका चीरलाई पूजाआजा गर्दै विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाएसंगै काठमाडौंमा होली पर्व समापन भएको मानिन्छ ।

(बसन्तपुरमा उठाईएको चीरलाइ पूजाआजा गर्न लामवद्ध भक्तजन)

त्यस्तै होली मनाउँने क्रममा भक्तपुरमा मनाइने होली र यसको समापन गर्नेक्रम आफैमा पृथक रहेको छ। भक्तपुरमा पनि काठमाडौंमा चिर उठाईए जस्तै भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर पर्वको शुभारम्भ गर्ने प्रचलन रहिआएको छ । जुन आजको दिनसम्म जारी रहन्छ । चिर स्वायगू भन्दै  होलीलाई यौनपर्वको रुपमा सम्वद्ध गुठीले हरेक वर्ष झै यस वर्ष पनि ३ हात लामो र ३० इन्च मोटाइको काठबाट बनेको भीमसेन लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याउँदै शुरु गरिने फागुपूर्णिमा आज साँझ मन्दिरबाट लिङ्ग निकाली ब्रह्मायणी नदीमा  धोएसंगै होलीको समापन भएको मानिन्छ ।

साथै मन्दिरमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ  । तर  यौन समागमको सिम्बोलिक  प्रस्तुत हुँदै गर्दा पनि  यसलाई विकृतिको नभइ सांस्कृतिक महत्वको विषयका रुपमा ग्रहण गर्ने गरिएको बताइन्छ । साथै त्यस्तै  मन्दिरमा झुन्ड्याईएको लिङ्ग र योनीको दर्शन गर्न आज साँझ भक्तपुरका मात्र नभइ उपत्यका कै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति र महिला एवम् पुरुष मन्दिरमा पुग्ने गरेको बताइन्छ । त्यस अवसरमा गुठीका सदस्यहरुले ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिंगदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि’ भनेर भजन–कीर्तन गर्ने परम्परा समेत रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।