शुक्रबार, चैत्र १६, २०८०

यत्र तत्र सर्वत्र गुनासो बढेपछि कामपाद्दारा विभिन्न शिफारिस शुल्कमा कटौती

  काठमाडौं भाद्र ४,  स्थानीय तहले मनलागी कर बढाएको सर्वत्र  गुनासो बढ्दो अवस्थाकावीच काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा विभिन्न प्रकारका शिफारिस दस्तुर निःशुल्क गरेको छ ।  कामपाले निःशुल्क गरिएका शिफारिसहरुमा क्रमस नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न बिद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्ग, प्राकृतिक प्रकोपबाट पाताल भएको घर शिफारिस लगायतको शिर्षक रहेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै जन्म मृत्यु विवाह बसार्इ सराइ सम्बन्ध बिच्छेद लगायतका घटना दर्ताको सवालमा भने ३५ दिनभित्र दर्ता गराए निःशुल्क हुने त्यसपछिको ३५ दिनसम्म ८ रुपैयाँ र त्यसपछि ७० दिनपछि जुनसुकै समयमा गराए पनि ५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

बैबाहिक अङ्गीकृत नागरिकता शिफारिस दस्तुर कर २,५०० रुपैयाँ र र व्यवसाय बन्द वा सञ्चालन शिफारिसमा यस बर्षदेखि १,हजार कर शुल्क लिने भएको छ । त्यस्तैगरि जग्गा दर्ता शिफारिसमा लिदै आएको ५ हजार रुपैयाँमा कटौटी गर्दै ३ हजार कायम गरेको कामपाले जनाएको छ ।    महानगरले बहाल करमा पनि १२ प्रतिशतबाट कम गर्दै १० प्रतिशत मात्र बहाल कर उठाउने नितिगत निर्णय सहित बार्षिक १ लाख रुपैयाँभन्दा कम बहाल आम्दानी गर्ने अन्यत्र आय श्रोत नभएका करदातालाई बहाल कर छुट दिने व्यवस्था गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।