शुक्रबार, बैशाख १४, २०८१

म.प. बैठक द्वन्द्वरत समूहसँग वार्ता गर्न सासंद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन

 काठमाडौ भाद्र ८,   मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  वार्ता टोलीका अन्य सदस्यमा सुरेश आले मगर तनहुँ, तारानाथ चौधरी सप्तरी, लीला भण्डारी कैलाली र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सरकार प्रवक्रा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनु भएको  छ ।

 प्रवक्ता बाँस्कोटाका अनुसार कञ्चनपुरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको जानकारी दिदै प्रस्तुत घटनामा केही अराजक तत्वको धमिलो पानीमा माछा मार्ने असफल प्रयासप्रति खेद व्यक्त गर्दै सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  त्यस्तै बिम्स्टेक बैठकको क्रममा सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरेको जानकारी सहति आजको बैठकले सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन गर्न स्विस सरकारबाट प्राप्त रु दुई अर्ब अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।