शुक्रबार, बैशाख ७, २०८१

म.प.को आकस्मिक बैठक : हावाहुण्डरीमा परी घाइते हुने सबैको उपचार गर्ने सरकारले गर्ने

काठमाडौ चैत १८,  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण भएको धनजनको क्षति तथा हावाहुण्डरीमा परी घाइते हुने सबैको उपचार गर्ने भएको छ ।  बैठक पछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय आजको बैठकले गरेको जानकारी दिदै घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने जानकारी दिनु भएको छ ।

त्यस्तै वारा र पर्सामा प्रस्तुत घटनामा परेर हालसम्म २७ जनाको मृत्यु ६सय१३ जना घाइते भएको आधिकारिक विवरण रहेको जानकारी दिदै दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्नुको साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनाको निर्णय गरेको बताउँनु भएको छ ।

त्यस्तै प्रभावित क्षेत्रमा थप क्षति हुन नदिनका लागि आवश्यक सतर्कता अपनाउँदै प्रशासनिक निकाय, सुरक्षा अङ्ग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था एवं गैर सरकारी संस्थालाई समन्वयात्मकरुपमा परिचालन गरी विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिनुको घटनालगत्तै मानवीय उद्धारमा संलग्न भई सेवा पु¥याउने सबै तह र तप्काप्रति सरकारले हार्दिक धन्यवाद प्रकट गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु