शनिबार, बैशाख ८, २०८१

मोनो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न महानगर र चाइना रेलवे कम्पनीवीच सहमति

 काठमाडौ जेठ ११,  काठमाडौँ महानगरपालिका चीनको चाइना रेल वे कम्पनीवीच चक्रपथमा मोनो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरले आज एक कार्यक्रमको आयोजना गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वेका महाप्रबन्धक ली होङ्गकीले अध्ययनका लागि चीनको चाइना रेल वे कम्पनीलाई जिम्मा दिएको हो । सम्झौता पत्रमा सम्भाव्यता अध्ययन सहितको अन्तिम प्रतिवेदन ६ महिनामा पेश गरिसक्नु पर्ने प्रावधान उल्लेख गरिएको छ ।

 त्यस्तै सम्झौता पत्र हस्ताक्षर कार्यक्रमलाइ सम्बोधन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोे रेल सञ्चालन गर्ने प्रतिबद्धता अभिव्यक्त गर्दै समय नआइकन कुनै पनि कामले पूर्णता नपाउँने जिकिर गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मोनो रेलको सञ्चालनले काठमाडौसँगै ललितपुर महानगरको समृद्धिलाइ सम्बोधन गर्ने बताउँनु भएको छ । त्यस्तै सम्भाव्यता अध्ययन गर्ने जिम्मा पाएका कम्पनीका प्रमुख होङ्गकीले तोकेको समयमा काम सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको जिकिर गर्दै आफ्नो कम्पनीले चक्रपथमा मोनो रेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरू सिफारिश गर्ने बताउँनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।