मङ्लबार, बैशाख ११, २०८१

मोदीको भ्रमणले एकिकरणमा ढिलाई : प्रवक्ता भूषाल

भक्तपुर बैशाख २६,   नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकी छन् ।   रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई भएको उहाँको भनाइ रहेको थियो ।

पार्टी एकिकरणको सवाललाइ बाहिर चर्चामा आएजस्तो एमालेमा माओवादी बिलय नभई सम्मान जनक ढंगल दुई पार्टी एकिकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकिकरणका लागि आवश्यक तयारी गरिरहेको बताइन् ।
साथै उहाँले पार्टी एकिकरणका बिषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाका बारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् नभएको स्पष्ट पारिन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।