शनिबार, बैशाख ८, २०८१

मोटरसाइकल दुर्घटनामा चालक पुडासैनीको मृत्यु

काठमाडौं चैत ८,  राजधानीको बालाजु चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक २१ बर्षीय सुनिल पुडासैनीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति सवा १२ बजे बा७९प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, बेलकोट नगरपालिका–३ घर भएका अन्दाजी २१ बर्षीय सुनिल पुडासैनीको उपचारको क्रममा शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलमा पछाडि सवार कलंकी बस्ने का नवराज मुडभरी घाइते भएका छन् । उनको पिपुल्स मेडिकल कलेज नयाँबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।