शनिबार, बैशाख ८, २०८१

मेरो लिप्समा सेक्स अपिल छ :अन्जला

अन्जला नकर्मी नेपाली मोडलिङ क्षेत्रमा विगत ३ वर्ष देखि निरन्तर क्रियाशिल प्रतिभा हुन । मिस ब्युटिफुल 2011 समेत भईसकेकी अन्जला यस क्षेत्रमा अथाह अभिरुचीका कारण प्रवेश गरेको बताउँछिन । नेपाली ग्ल्यामर फिल्डमा प्रतिस्थापित हुनका लागि आवश्यक गुण आफुमा विद्यमान भएको बताउँदै यो क्षेत्र आफैमा नराम्रो नभएको जिकिर गर्छिन  ।
मोडलिङ गर्छु भनेर मात्र नहुने र यसका लागि राम्रो लुक्स, परफेक्ट फिगर  हुनुपर्यो नि हैन भन्ने प्रतिप्रश्न गर्दै कथाले मागेको नाममा भन्दापनि समाजले  पचाउन सक्ने सम्मको अङ्ग प्रर्दशन गर्न कुनै असहज हुन्न उनले भने । प्रिमियर इन्टरनेशनल कलेजमा बिबिस गर्दै गरकी अन्जलालाई आफनो लिप्समा सेक्स अपिल रहेको र लिप्स एकदम राम्रो लाग्ने बताउँछिन । उनले  मोडलिङको अलावा दर्जनको हाराहारीमा म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन । आफुले गरेको म्युजिक भिडियो मध्ये रीमा गुरुङको आज फेरी Pravin-01A-42दिलको घाउ र सनम महर्जनका तिमी मेरो बोलको गीत चर्चामा रहेको बताउँदै हाल एक नेवारी म्युजिकभिडियोमा व्यस्त रहेकी अन्जलाले मोडलिङमा क्यारिएर राम्रो भएको र परिवारबाट पनि राम्रै रेस्पोन्स रहेको बताइन । त्यस्तै आजभोली आउने गरेका love लेटर मध्ये मन छुने खालको नभएको खुलासा गरिन ।

मेकअप: रीना महर्जन,एभरग्रिन ब्युटी पार्लर ,स्पट :अरोमा रेष्टुरेन्ट सानेपा ।