शुक्रबार, चैत्र १६, २०८०

मेदान्तामा स्वास्थ्य परीक्षणका लागि गएका नेपालीको गाडी चोरी

एजेन्सी र नयाँ दिल्ली श्रावण १३,  गुडगाउँस्थित मेदान्ता अस्पतालमा उपचारका लागि गएका नेपाली नागरिक खेमराज पाण्डेको गाडी गाडी चोरी भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नेपाली नम्बर प्लेटको सेतो रङको स्कार्पियो गाडी चोरी भएको हो । गाडी चोरीको दृष्य सीसीटिभी क्यामेरामा कैद भएको छ । चोरहरुले गाडीको सीसा फुटाएर स्टार्ट गर्न खोजे पनि गाडी स्टार्ट नभएपछि  अर्को कारले धक्का दिएर गाडी स्टार्ट गरेको दृष्य फुटेजमा देखिएको स्थानीय प्रहरीलाइ उदृत  गर्दै सञ्चारमाध्यमले जनाएका छन ।

त्यस्तै प्रहरीले गाडी चोरीको उजुरी दर्ता गरि आवश्यक अनुसन्धान गरिरहेको जनाउँदै संचारमाध्यमले मेदान्ता अस्पतालमा स्वास्थ्य परीक्षण गरी मोडल टाउनस्थित आफन्तको घरमा गएका ती नेपाली नागरिकले मोडल टाउनकै कल्याण विहार इलाकामा गाडी पार्क गरेका थिए । राति २ बजे चोरहरुले १५ मिनेटभित्रै उक्त गाडी चोरी भएको बताएका  छन ।