शुक्रबार, चैत्र १६, २०८०

मेडिकल माफियाको चलखेललाइ डा केसीको अनसनले रोकेको नेता थापाको दावी

डा केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न नेता थापाको आग्रह

काठमाडौ माघ  ३, सरकारले सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको विग्रदो स्वास्थ्यस्थिती प्रति चिन्ता व्यक्त गर्दै नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न र चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ भन्ने शब्दावली प्रस्तावनामा नै राख्नु पर्ने बताउँनु भएको छ ।

नेता थापाले आज राजधानीमा आयोजित सञ्चारकर्मी भेलालाइ सम्बोधन गर्दै सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने जनाउ दिदै शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसदमा विधेयकमाथि फरक मत राख्ने ठाउँ रहेको बताउँनु भएको छ ।

त्यस्तै नेता थापाले मापदण्ड विना पहुँचको आधारमा मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया डा केसीको अनशननै कारण रोकिएको र उहाँको कारण नै आज देशको स्वास्थ्य र शिक्षा क्षेत्र अस्तव्यस्त हुने दाबी  ub}{  मेडिकल कलेजहरुलाई १० वर्षसम्म नाफा कमाउन दिने र त्यसपछि गैरनाफामूलक बनाउने भनेर सरकारले व्यापारीहरुको स्वार्थ पूरा गराउन गराउन लागि परको  बताउँनु भएको  छ ।  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174