शुक्रबार, बैशाख १४, २०८१

मेडिकल कलेजका बारेमा समाचार प्रसारण नगर्न काउन्सिलको निर्देशन

council काठमाडौँ माघ ६, प्रेस काउन्सिल नेपालले हिमालय टेलिभिजन नेटवर्क प्राइभेट लिमिटेडद्वारा सञ्चालित हिमालय टेलिभिजन लाई चितवन मेडिकल कलेज प्राइभेट लिमिटेडका बारेमा कुनै पनि सामग्री प्रसारण नगर्न निर्देशन दिएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा आज जारी विज्ञप्तिमा सो विषयमा काउन्सिलले कारबाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै कलेजका तर्फबाट सार्वजनिक सूचना जारी नगर्न समेत निर्देशन दिइएको जनाइएको छ ।