शनिबार, बैशाख ८, २०८१

मूख्य रणनीति कन्फ्यूजन र नैतिक स्खलन

-गिरीश-

नेपाललार्इ संकटको चक्रब्यूहमा धकेल्न साम्राज्यवादी शक्तिका बफादार घोडाका रूपमा एेक्यबद्धता देखाउँदै आएका तत्वले कथित वाम एकता र कथित लोकतन्त्रवादी गठबन्धनको खोलमा नेपालीका बीचमा अर्को ूकन्फ्यूजनू सिर्जना गर्न खोजेका छन्। १२ बुँदे समझदारीको नेपाल विरोधी कोर्षलार्इ संविधान जारि गर्दासम्म एकढिक्का भएर कार्यान्वयन गर्दै आएकोमा लोकतन्त्रवादी र वामपन्थी भन्ने अलग पक्ष छन् भन्ने प्रचार साम्राज्यवादको अर्को षडयन्त्र हो।

यस्तो कन्फ्यूजनू एउटा कारणले पैदा गर्न खोजिएको छ। त्यो के हो भने संविधान जारि गरेर निर्वाचन सकिर्इसकेपछि अब यिनीहरूसंग जनतालार्इ बराल्ने कुनै राजनीतिक मुद्दा रहने छैन। त्यसैले अब वाम र लोकतन्त्रको साम्राज्यवादी पर्दा खडा गरेर दुनियाँका आँखामा छारो हाल्ने र मानिसलार्इ आफ्नो वरिपरि घुमार्इरहने चालबाजि हो यो। यो चालबाजिलार्इ विदेशी शक्तिकेद्रले आ -आफ्नो रणनीति अनुसार ध्रुविकरण गरिरहेका छन्। नेपालको मुद्दा यस मामिलासंग जोडिएको छैन।

वाम र लोकतन्त्रको बकबास गर्ने कुन चाहिं विदेशी दलालले नेपालको औद्योगिकरण, कृषिको आधुनिकरण, राष्ट्रिय अर्थतन्त्रको निर्माण र क्षेत्रिय अखण्डता तथा राष्ट्रिय स्वाधिनतामाथि आएको आँचको समाधान गर्ने एजेन्डा बनाएको छ ? संविधान जारिदेखि स्थानिय चुनाव सम्पन्न हुँदासम्म देशको अवस्थामा कुनै सुधार नआउनुका पछाडि को जिम्मेवार छ भन्ने कुरा कसैले परिभाषित गरेको छ रु यसमा संलग्न दलालहरूले आर्इन्दा समिकरणमा तलमाथि हुने छैन भनि ग्यारेन्टि गर्छन् ?

इण्डियन योजनामा केपीको सरकार ढाल्ने पुष्पकमल ! पुष्पकमलको लम्पसारवाद विरूद्ध भोट माग्ने केपी ! कमल थापालार्इ छिःछिः गरेर सरकारमा नलग्ने शेरबहादुर ! शेरबहादुर नेतृत्वको सरकारलार्इ बताएर संविधान संसोधन विरूद्ध उभिने कमल थापा ! तर ध्रुविकरण चाहिं लोकतन्त्रवादी र वामको ! पशुपतिलार्इ अदृष्य शक्तिले दल फोर्न लगाएको आरोप लगाउने कमल थापा र पशुपति एक ठाउँमा !एमालेलार्इ तेश्रो लिंगी भन्ने र बाबुराम रअको भतुवा भएको आरोप लगाउने एमाले एक ठाउँमा ! मार्क्सवादको बद्ख्वार्इं गर्दै हिंडेको भगौडा फेरि वामपन्थी !

 यो रछ्यानमा सडेका झारपातबाट पैदा भएका किराको भुनभुन हो। लोकतान्त्रिक र वामूको लालि पाउडरले सिंगारिएका यि बुख्याँचाहरूले आज जे भनिरहेका छन्, त्यसमा अडिग रहने छैनन् भन्ने सत्यतामा द्विविधा लिनु हुँदैन। जसरी साम्राज्यवादी गोटिका रूपमा खेलार्इएका छन्, त्यसैगरि एक अर्काका विरूद्धमा पनि खेलिरहेका छन्। साम्राज्यवादी शक्तिले यिनीहरूलार्इ राजनीतिमा विचार र नैतिकताको विषयलार्इ समाप्त पार्न, भ्रम सिर्जना गर्दै नेपालीहरूको राष्ट्रिय मनोविज्ञानलार्इ स्खलित बनाउन प्रयोग गरेका हुन्।