बुधबार, बैशाख १२, २०८१

मुस्लिम आयोगका अध्यक्ष अन्सारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ चैत १०,  मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

संसदीय सुनुवाइ समितिमा अन्सारीविरुद्ध परेको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयको उजुरीको कनै छिनो पाmनो नगरी घुमाउरो वाटाको प्रयोग गर्दै मुस्लिम आयोगको अध्यक्ष बनाईएका  अन्सारीलाई आयोगको अध्यक्ष बनाउनु संविधान र कानून विपरीत भएको  दायर रिट निवेदनमा  उल्लेख  गरिएको  छ ।

त्यस्तै  राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी अब्दुल सलामद्दारा दायर उक्त रिटमा  अन्सारीलाई आयोगको अध्यक्षको हैसियतमा कुनैपनि कामकारावही नगर्न नगराउन आदेशको माग गएिको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।