शुक्रबार, बैशाख ७, २०८१

मुलुक अब नयाँ राजनीतिक चरणमा, प्रम देउवालाई धन्यवाद  

आज सम्पन्न दोस्रो चरण अन्र्तगत ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएसंगै  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको चुनाव गराउने ऐतिहासिक जिम्मवारी पूरा गर्नु भएकोमा उहाँ निशन्देह धन्यवादको पात्र बन्नु भएको छ ।

नयाँ संविधान कार्यान्वयन  प्रक्रियाको अन्तिम खुड्किलोको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन  एकाध घटना  बाहेक  शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सफल हनु भएकोमा प्रधानमन्त्री देउवाको योगदfन आफैमा महत्वपूर्ण रहेको छ । मुलुकमा जारी  संक्रमणकालिन राजनीतिलाई पूर्णविराम दिँदै प्राप्त उपलब्धीको संस्थागत विकास गर्ने दरिलो आधारका रुपमा रहेको निर्वाचन सकिए लगत्तै अब मुलुक  राजनीतिक स्थिरताको ढोका खोलिनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ ।

त्यस्तै  सम्पन्न   निर्वाचन पश्चात मुलुक अब नयाँ राजनीतिक चरणमा प्रवेश गर्दैछ। निर्वाचन पछि बन्ने केन्द्रमा केन्द्रीय सरकारको गठन, सभामुखको चयन, राष्ट्रपतिको चुनाव र त्यसको व्यवस्थापन संगै मुलुकको अन्त्यन्त नविनतम विषय अन्र्तगत ७ प्रदेशमा ७ प्रदेशसभा र प्रदेश सरकारको गठन हुँदै छ । यो विषय भनेको आफैमा महत्वपूर्ण विषय हो यदि मुलुकमा अव लोकतान्त्रिक र वामपन्थीशक्तिवीच ध्रुवीकरण भएको अवस्थामा यसको उचित व्यवस्थापन हुन सकेन भने यसले मुलुकमा संकटको ओइरो लाग्नुको अलावा राजनीतिक दुर्घटनाको सूत्राधार समेत बन्न सक्छ । त्यसअर्थमा पनि वेलैमा सचेत हुनु जरुरी छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।