शनिबार, बैशाख ८, २०८१

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहको योगदानको पुस्तक विमोचित

 काठमाडौ कार्तिक ९,  लौहपुरुष विसं २०४६ का जनआन्दोलनका कमाण्डर सिंहले प्रजातान्त्रिक आन्दोलनमा पु-याएको योगदान समेटिएको गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन जनाम पुस्तक आज राजधानीमा एक कार्यक्रमकावीच विमोचन गरिएको छ ।

गणेशमान सिंह फाउण्डेशनको सहयोग एवम् डा बद्रीनारायण गौतमद्धारा लिखित उक्त पुस्तकमा काँग्रेसका पूर्व महामन्त्री समेत रहेकाकाङ्ग्रेसका नेता प्रकाशमान सिंहले विमोचन गर्नुभएको हो । ५ अध्यायमा  प्रकाशित हुने  यस पुस्तकमा  पहिलो अध्याय अन्र्तगत  रहेको  प्रस्तुत पुस्तकमा  स्व सिंहका प्रारम्भिक दिनहरु,त्यसपछि राजनितिक सक्रियताका क्षण , क्रान्तिमार्ग बन्दीगृहका सन्दर्भका  साथै स्व सिंहको मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पु-याएको योगदानको सविस्तार व्याख्या गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।