शुक्रबार, चैत्र १६, २०८०

मुलुकको परिवर्तित संरचना अनुरुप विभिन्न जिल्लाका सरकारी कार्यालयहरु खारेज

 समाहित हुन नसक्दा सेवाग्राही मर्कामा

काठमाडौ साउन २ , मुलुकको पछिल्लो परिवर्तित संरचना अनुरुप  संविधानतः विभिन्न जिल्लाका सरकारी कार्यालयहरु खारेज भएका छन् ।  यसरी खारेज भएका जिल्लास्थित कार्यालयहरुमा शिक्षा, जनस्वास्थ्य, कृषि विकास, पशुसेवा, जिल्ला प्राविधिक, वन कार्यालय, जिल्ला सहकारी, भू–संरक्षण, घरेलु तथा साना उद्योग, महिला तथा बालबालिका कार्यालय रहेका छन् त्यस्तै बालकल्याण समिति, शान्ति समिति, जिल्ला अस्पताल, सिँचाइ, खानेपानी, सहरी विकास डिभिजन कार्यालय र जिल्ला खेलकुद विकास समिति खारेज भएका छन ।

अब जिल्लामा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला हुलाक, जिल्ला कारागार, जिल्ला सरकारी वकिलको कार्यालय कोष तथा लेखा नियन्त्रण, जिल्ला समन्वय समिति, जिल्ला अदालत, निर्वाचन, मालपोत र नापी कार्यालय मात्र  जिल्ला सदरमुकाममा रहने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खारेज गरिएका कार्यालयबाट प्रवाह हुँदै आएको सेवा स्थानीय तहबाट लिन सकिने जनाउ दिएपनि कार्यालय समाहित भइनसकेका कारण सेवाग्राही हदैसम्मको मर्काका परेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।