शनिबार, बैशाख ८, २०८१

मुलुककमा आतङ्क मच्चाउने शक्तिलाइ तह लगाउँन सरकारले जानेको छ : उपप्रम पोखरेल

काठमाडौ चैत १,   उपप्रधानमन्त्री ईश्वर पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार किमार्थ चुप नबस्ने बताउँनु भएको छ ।  नेकपा काठमाडौ जिल्ला कार्यालयको उद्घाटनसत्रमा बोल्दै उपप्रम पोखरेलले मुलुककमा आतङ्क मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने र राष्ट्र विखण्डन सोच वोकेको शक्तिलाइ तह लगाउँन वर्तमान सरकारले जानेको छ यसमा निश्चिन्त रहन आग्रह गर्दै

पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्ति र अन्य नागरिकलाई मार्ने योजना बनाएकालेनै नकेपा विप्लवको नेकपालाइ सरकारले प्रतिबन्ध लगाएको जनाउ दिनुभएको छ ।

साथै उहाँले सम्बोधनकै क्रममा पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहारप्रति सरकारले मूल्याङ्कन गरिरहेको बताउँदै राउतले राज्यको मूलधारमा आउने तथा संविधानलाई स्वीकार गरेअनुसार नै सरकार र राउतबीच सम्झौता भएको बताउँदै नागरिक अधिकारवादीलाई एकोहोरो मात्र नबुझी वास्तविकता बुझ्न आग्रह गर्नुभयो ।  त्यस्तै उहाँले पार्टी एकीकरण केवल देखाउन र सूचनापाटी राख्नका लागि मात्र भएके नभइ पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अन्तिम चरणमा रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।