बुधबार, बैशाख ५, २०८१

मुलकलाइ निर्वाचनमय बनाउन प्रमुख आयुक्त डा. यादवको आग्रह

 काठमाडौं कार्तिक २९,   निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले लोकतन्त्र, संघीयता, गणतन्त्र स्थापना गर्न नेपाली सञ्चार जगतको उल्लेखनीय भूमिका रहेकोले त्यसको संरक्षण तथा सम्वद्र्धनमा समेत ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।  आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघले सञ्चारग्रामस्थित महासंघको सभाहलमा आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन, विषयक छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै उहाँले लोकतन्त्र, संघीयता, गणतन्त्र स्थापना गर्न नेपाली सञ्चार जगतको उल्लेखनीय भूमिका रहेको जिकिर गर्दै पेशागत आचारसंहिता भित्र रहेर आफ्ना अध्ययन—अनुसन्धान र विश्लेषण गर्न र स्वच्छ र स्वतन्त्र ढंगबाट निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्न र समाचारका माध्यमबाट देश निर्वाचनमय बनाइदिन प्रत्येक सञ्चार गृहलाई समेत आग्रह गर्नु भएको छ ।   कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आसन्न निर्वाचनमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताउदै त्यसमा निर्वाचन आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

 त्यस्तैगरि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्माले निर्वाचनका क्रममा मानवअधिकारको उल्लंघन भए–नभएको अनुगमन गर्ने जानकारी दिँदै निर्वाचनका क्रममा बालबालिका प्रयोग हुनुका साथै विद्यालयहरुमा आमसभा भएको हुँदा त्यसप्रति निर्वाचन आयोगले राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेर मात्रै छोडेकोमा दुःख व्यक्त गर्नुको अलावा प्रस्तुत विषयमा आयोगको ध्यानाकर्षण समेत गराउँनु भएको थियो भने पूर्व निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको अनुभव सुनाउँदै प्रभावकारी जनमतको सृजना गर्न पत्रकार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो ।
त्यसैगरी सूचना विभागका महानिर्देशक वीरबहादुर राईले निर्वाचनमा सबै पत्रकारहरुलाई विशेष पास उपलब्ध गराउन सम्भव नरहेको हुँदा सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा निर्वाचन अधिकृतसंग सहकार्य गरी सूचना सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
छलफलमा प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झविन्द्र भुसालले स्थानीय निर्वाचनमा जस्तै आगामी निवार्चनका लागि समेत काउन्सिलले सञ्चारगृहका विषयवस्तुहरुमा अनुगमन सुरु गरिएको र अनुगमनका क्रममा सञ्चारगृहका विषयमा स्वच्छ र निश्पक्ष सामग्री नभएको बताउँनु भएको थियो ।
कार्यक्रममा महासंघका महासचिव रमेश विष्टले महासंघले सञ्चारमाध्यमका विषयमा नियमित छलफल गर्ने योजना अनुसार आजको कार्यक्रम पहिलो रहेको जानकारी गराउँदै सञ्चार जगत आफँैमा निर्वाचनको सुपरिवेक्षक तथा सूचनाको संवाहक रहेकाले सूचना जनतासम्म पु¥याउन उपयुक्त वातावरण निर्माण गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031