शुक्रबार, बैशाख ७, २०८१

मुर्ख स्वाँठ

-सनतकुमार थापा 

हरेक खेलको आ-आफ्नै नियम कानुन हुन्छ।
खेलाडीको वजन,उचाई उमेर निर्धारण हुन्छ।।

पुरूष र महिलाको कुस्ती प्रतियोगिता कहिलै गर्नु हुदैन।
साकाहारी,मांसाहारी भोजन एउटै भाडोमा संगै पाक्दैन।।

स्वास्थकर्मीलाई घरको नक्सा बनाउ लगाउनु हुदैन।
ईन्जिनियरले बिरामीको उपचार गर्न कहिले सक्दैन।।

ईमान्दार र भ्रष्ट आचरण भएकाको बिचार कहिले मिल्दैन।
एउटै जंगलमा दुईटा शेर मिलेर संगै बस्न पटक्कै सक्दैन।।

सबै ब्यक्तीको आ-आफ्नो दाईत्व कर्तब्य र जिम्वेवारी हुन्छ ।
दाईत्व कर्तब्य र जिम्वेवारी बाट कोहि पनि पन्छिन हुदैन।।

यो सबै प्राकृतिक नियम हो सबैले आत्मसाथ गर्नै पर्छ।
यो बिपरित गर्ने गराउन खोज्ने मुर्ख स्वाँठ मात्र हुन्छ।।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु