बिहिबार, बैशाख १३, २०८१

मिस टीनका प्रतियोगीहरुको ट्यालेन्ट शो

 बिर्तामोड असार ३,  वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा भइरहेको मिस टीन प्रदेश नं. १ प्रतियोगिता चौथो संस्करणका सहभागीले शनिबार आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।  प्रदेश नं. १ अन्तर्गत झापाको बिर्तामोड, दमक, इटहरी र इलाममा भएको छनौट चरणबाट छनौट भएका २२ जना प्रतियोगीहरुले शनिबार ट्यालेन्ट शो अन्तर्गत आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् ।   कार्यक्रममा सहभागी प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, उद्घोषण, नाटक, चित्रकला, वक्तृत्वकला, कविता लगायतका विधामा आ–आफ्नो प्रस्तुति दिएको वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

ट्यालेन्ट शोको निर्णायकहरुमा वीरता जेसीजका कानूनी सल्लाहकार दिवाकरलाल चौधरी, झापा जिल्ला नृत्य कलाकार संघका सचिव अमन गुप्ता, गायक विषम आचार्य, मिस टिन २०१६ कि फष्ट रनर अप विन्दु चम्लागाईं रहेका थिए । उनीहरुले मिस ट्यालेन्ट, बेष्ट सिंगर, बेष्ट डान्सर, बेष्ट एङ्कर, बेष्ट एक्टिङ, बेष्ट स्पीच, बेष्ट आर्ट एण्ड क्राफ्ट लगायतका विधाहरुमा प्रतियोगीहरुको छनौट गरेका थिए ।
उक्त कार्यक्रममा विजयी प्रतियोगीहरुलाई आगामी असार १६ गते शनिबार चारपानेस्थित टाइम स्क्वायर पार्टी प्यालेसमा हुने फाइनल प्रतियोगितामा उपाधिसहित पुरस्कृत गरिने कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए ।   बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्टका निर्देशक एलसी (लोकचन्द्र) श्रेष्ठको अध्यक्षता तथा झापा जिल्ला नृत्य कलाकार संघका वरिष्ठ उपाध्यक्ष पदम तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोडल तथा कोरियोग्राफर मिना मादेन नुमाफुङले स्वागत गरेकी थिइन् ।   किशोरीहरुको व्यक्तित्व विकासका साथै अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

आगामी असार १६ गते हुने फाइनल प्रतियोगिताका विजेतालाई बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति, प्रतियोगिताको फस्ट रनरअपलाई ५० प्रतिशत छात्रबृत्ति र सेकेण्ड रनरअपलाई २५ प्रतिशत छात्रबृत्ति र प्रतियोगितामा सहभागीलाई १५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने कार्यक्रम संयोजक लावतीले जानकारी दिए ।  प्रतियोगिताका लागि लिटल क्वीन तथा कोरियोग्राफर आषिमा दूतराज, मोडल तथा कोरियोग्राफर कलाकार मिना मादेन नुमाफुङले कोरियोग्राफी गरिरहेको टे«निङ को–अर्डिनेटर स्वेता कालाखेतीले जानकारी दिइन् । कार्यक्रम संयोजक लावतीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन मिस टिन प्रतियोगिताका प्रतियोगीहरु सुम्निमा तुम्वापो र युमिषा घिमिरेले गरेका थिए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।