शुक्रबार, बैशाख १४, २०८१

मिस कोच इन्टरनेशनलको मेघालय अडिसनबाट १० प्रतियोगी छनौट

मिस कोच मेघालयको ताज हालोलिनलाई

 बिर्तामोड असोज २२, नेपाल, भारत र बंगलादेशका कोच समुदायका युवतीहरूको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् । झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको प्रस्तुत प्रतियोगिताका लागि भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगीहरु क्तमस अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा कोच, हारोलिन कोच सदाप, चन्दना कोच, बुलबुली कोच, कृति कोच, पार्वती कोच, सागोरिका कोच रहेका छन् ।

अडिसन कार्यक्रमका प्रमुख आतिथी निपेन्द्र कोचले कोच समुदायको संस्कृतिको संरक्षणमा प्रस्तुत कार्यक्रम कोशेढुंगा हुने बताउँदै उनले नेपाल, भारत, बंगलादेश लगायतका स्थानमा रहेका कोच समुदायहरुको भाषा, संस्कृतिको संरक्षण गर्न सबै जुट्नुपर्ने बताए । मेघालय कोच समुदायको उद्गम स्थल रहेको बताएका छन ।

त्यस्तै मेघालयको कोच संस्कृति झल्कने पहिरन र गरगहनामा सजिएर प्रतियोगीहरुले आफ्नो कला प्रस्तुत गरेको कार्यक्रममा झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशी, सिइओ योगेश राजवंशी, कोच राजवंशी सांस्कृतिक संग्रहालय तथा पर्यटन प्रबद्र्धन केन्द्र कनकाई–९ का केन्द्रीय उपाध्यक्ष धर्मलाल राजवंशी, आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव सुकमति राजवंशी, कोचिला महिला फ्रन्टकी केन्द्रीय सदस्य पार्वती राजवंशी, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, मिस कोच इन्टरनेशनलकी मेकअप कोअर्डिनेटर नविना राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

  कार्यक्रममा मेघालयबाट शुरु भएको मिस कोच इन्टरनेशनलको अडिसन बंगलादेश, आसामको कोक्राझार, गुहाटी, शिलगढी, विहारसहित नेपालको बिर्तामोड, विराटनगर, इटहरी, काठमाडौंमा अडिसन गरेर प्रतियोगीहरूको छनौट गरिने आयोजक संस्थाले जनाएको छ । साथै अडिसन पछि  विभिन्न   छनौट भएका प्रतियोगीहरुलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने र उनीहरुबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गराइने  जानकारी दिदै झापा मिडिया हाउसका सीइओ योगेश राजवंशीले मिस कोच मेघालयको ताज हालोलिन कोचले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जितेको जानकारी दिनु भएको छ ।   त्यस्तै प्रतियोगिताको फस्ट रनर अप कृति कोच भइन् भने सेकेण्ड रनर अप सगोरिका कोच घोषित भइन् । विजेता प्रतियोगीहरुलाई पुरस्कार समेत प्रदान गरिएको बताए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।