शुक्रबार, चैत्र १६, २०८०

मिसेस नेपाल इन्टरनेशनलका प्रतियोगीले देखाए आफ्नो प्रतिभा

काठमाडौं असोज २ , विबाहित महिलावीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८, सिजन ४ का प्रतियोगिहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्। रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको चौथो संस्करण्को मिसेस नेपाल इन्टरनेशनल २०१८ अन्र्तगतको ट्यालेन्ट राउण्डमा सहभागीहरुलेआफ्नो प्रतिभा प्रदर्शन गरेका हुन्।

ट्यालेन्ट सोमा प्रतियोगीहरुले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकलालगायतका कला प्रदर्शनी गरी निर्णायक मण्डल, दर्शक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए। विभिन्न पेसामा आबद्व तथा गृहिणीका रुपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु-याउन यो प्रतियोगिता गर्न लागिएको इभेन्ट निर्देशक निशुकान्त झाले बताए। उनका अनुसार यस वर्षको बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इनटरनेसनल २०१८ मा भाग लिन पाउने छिन् भने पुरस्कारस्वरुप एक शानदार स्कुटर पाउने छिन्। प्रतियोगिताका प्रतियोगीहरुलाई नयाँ बानेश्वरस्थित होटल अर्यालमा विभिन्न विज्ञहरुद्धारा व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण प्रदान गरिएको छ।

अश्विनी झाको कोरियाग्राफी र कार्यक्रम सञ्चालन तथा रेनु सेन्चुरी र सम«ाट शाहको संयोजनमा हुने प्रतियोगितामा अन्तिम स्पर्धामा नर्बदा सोराली, रबिना परिायार, सरस्वोती थापा, शान्ति बडे, बिना मगर जोशी, सर्मिला श्रेष्ठ, नम्रता गीरि, अर्चना रिमाल, रश्मी कार्की, प्रमिक्षा पोख्रेल, मनिशा पाण्डे, रिज्जी सेडाई, प्रियंका खनिया, बिष्णु राना, अनिला मर्हजन, तेजमाया लिम्बु, चन्दा थापा गिरी, अनिता बिश्कर्मा, श्रृष्टी मर्हजन, दिपा थपलिया, सविता देउला, वविता राई, सुक्ति खनाल, लक्ष्मि लिम्बु, प्रतिमा शर्मा, स्मृती श्रेष्ठ, मनिसा राज थला, जुनु शर्मा, रुपा सिवाकोटी, केशरी ढकाल, बिमला नुगो लिम्बु, दिपिका बर्मा, अनिता बिमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानाङले स्पर्धा गर्दैछन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।