मङ्लबार, बैशाख ४, २०८१

मालपोत अधिकृतसहित १६ विरुद्ध मुद्दा दायर

काठमाडौ पुस ९ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध आज मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३,३२५ र ३२९ गरी जम्मा दुई रोपनी आ�� आना जग्गा नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरी बिक्री वितरण गरेको अनुसन्धान क्रममा पाइएले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आज मुद्धा दायर गरिएका कमैचारीहरुमा मालपोत कार्यालयका तत्कालीन प्रमुख कमलप्रसाद तिमिल्सिना, मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुरमा खरेल, टाइपिस्ट नायब सुब्बा जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का र त्यस्तैगरि राजु थापा मगर भन्ने चन्दनकृष्ण श्रेष्ठविरुद्ध रु ६ करोड, सानुभाइ भन्ने सानुभाइ श्रेष्ठ, भुपाल मोक्तान, धुव्रप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपकुमार गौतम, नवदुर्गाप्रसाद ढुङ्गेल, सुरेशुकमार थापा र सनिश सापकोटा रहेका छन ।

ऋभियुक्तहरुले कर्मचारीहरूलाई आर्थिक प्रभावमा पार्दै जग्गाको जग्गाधनी दर्ता स्रेस्तामा असली जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपुर्जा, नागरिकताको प्रमाणपत्रसमेत खडा गरी उक्त जग्गा बिक्री गरेको आयोगले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।