शुक्रबार, चैत्र १६, २०८०

माघ २९ सम्म समावेशी कलस्टरअनुसार उम्मेदवारको नाम बुझाउन दलहरूलाइ आयोगको पत्र

काठमाडौं माघ २७ , निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकपछि गत मंसिर १० /२१ गते सम्पन्न प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम बुझाउन दलहरूलाई पत्राचार गरेको छ।

आयोगका अनुसार उक्त निर्वाचनमा थे्रस होल्ड कटाउन सफल दलहरुले प्राप्त गरेको सिट सख्या सहित पत्र पठाएको जनाएको  छ । समानुपातिकतर्फ थे्रस होल्ड कटाएका पाँचवटा दललाई  प्राप्त सिट संख्या र समावेशीको कलस्टरअनुसार माघ २९ गते साँझ ५ बजेभित्र निर्वाचित उम्मेदवारको नामावली पठाउन आग्रह गरिएको जनाउँदै निर्वाचनमा सहभागी ४९ मा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने ४४ दल रहेका जनाएको छ ।   त्यस्तै आयोगले समानुपातिक तर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्र ⁄समाजवादी जनता पार्टी⁄जनजागरण पार्टी नेपालले १७, राजपाले   ६ र संघीय समाजवादी फोरम, नेपाल ६ सिट प्राप्त गरेका जनाएको छ ।

नेपालको संविधान–२०७२ को धारा ८४ को उपधारा (८)मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ। दलहरूले प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रियसभातर्फ प्राप्त गरेको महिलाको सिट संख्याको आधारमा समानुपातिकतर्फबाट महिलाको संख्या कम्तीमा एक तिहाइ पु-याउनुपर्नेछ। सोहीअनुरूप महिलाको सिट संख्यासमेत उल्लेख गरेर पत्राचार गरिएको जानकारी दिदै आयोगका प्रवक्ता ढकालले यसको लागि  एमालेले ३७, कांग्रेसले कम्तीमा २०, माओवादी केन्द्र⁄जनता पार्टी⁄जनजागरण पार्टीले कम्तीमा १६, राष्ट्रिय जनता पार्टीले कम्तीमा ६ र फोरमले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताएको  छ ।

जसअनुसार एमालेले ४ , कांग्रेसले २०, माओवादी र फोरमले एक, एक पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन्। राजपाले सबै महिलामात्र  पठाउनुपर्ने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।