शुक्रबार, चैत्र १६, २०८०

माघ १५ बाट क्यान इन्फोटेक मेला हुने

काठमाडौ पुस २४,  यसवर्षको सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेक आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ ।

विगतमा झै भृकुटीमण्डपमा आयोजना हुने ५ दिने प्रस्तुत मेलामा विभिन्न स्वदेशी तथा विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा  आयोजक संस्था महासचिव रञ्जीतकुमार पोदारले जानकारी दिनु भएको छ ।

त्यस्तै महासचिव पोदारका अनुसार मेलामा कूल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेजको स्टल रहने जानकारी दिदै मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।