शुक्रबार, चैत्र १६, २०८०

महिला पत्रकार कोष स्थापनाको लागि मैत्रीपूर्ण फुटवल

 काठमाडौं असार २७, रुसमा जारी विश्वकप फुटवलको समापन संगै नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा आगामी श्रावण १२ मा ‘महिला पत्रकार कोष स्थापनाको लागि मैत्रीपूर्ण फुटवल खेलको आयोजना गर्ने भएको छ ।

समितिद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने मुल नारा अङिकार गरिएको प्रस्तुत खेलमा सहभागी हुन इच्छुक महिला पत्रकारहरूले आफ्नो नाम दर्ता गराउँन समेत आव्हान गरिएको छ ।

साथै आफ्नो नाम दर्ताका लागि प्रिन्ट मिडियामा कार्यरत पत्रकारले मधु शाही 9843496958 ,टिभीमा कार्यरत पत्रकारले श्वेता सिन्हा 9851007358 , रेडिया/एफएममा कार्यरत पत्रकारले मिरा राजभण्डारी 9841480238,अनलाइनकर्मीहरुले जानुका बराल 9851232032 र स्वतन्त्र पत्रकार तथा साहित्यजगततर्फ क्रियाशील सञ्चारकर्मीले सिर्जना अर्यालसंग 9845153004  सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।