शुक्रबार, चैत्र १६, २०८०

महिलाको उत्थानको लागि महिलाको प्रयास आफैमा महत्वपूर्ण : उपप्रमुख खड्गी

काठमाडौं साउन २७ , कामपा वडान १३ स्थित संगठित महिला फोहर व्यवस्थापन सहकारी सस्थाको आयोजना तथा जनसख्या महिला तथा वातावरणीय सस्था (Pwedo) र महिलाको पहुँच अनुसन्धान केन्द्र नेपाल (Warn)को सहकार्यमा शनिवार सहकारी विकास, प्रविधीको योग र अभिमुखिकरण तालिमको आयोजना गरिएको छ ।

काठमाडौं  महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा उद्घाटनसत्रमा उपप्रमुख खड्कीले महिलाको उत्थानको लागि महिलाको प्रयास आफैमा महत्वपूर्ण भएको बताउँदै अव दिनमा महिला चुलोचौकामा मात्र होइन राज्यको निति निर्माण तहमा समेत ससक्त हस्ताक्षरको प्रारुपमा रुपान्तरण हुन आवश्यक रहेको जिकिर गर्नु भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उहाँले महिला जागरणका लागि कामपाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धतनासमेत अभिव्यक्त गर्नुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष रश्मी खनाल , सहआयोजक संस्था पेडोकी अध्यक्ष शारदा ढकाल अनुसन्धान केन्द्रकी अध्यक्ष शिला योगी लगायतले अभिव्यक्ति दिनु भएको प्रस्तुत तालिममा प्रशिकद्दय कमलाराज अधिकारी र तिमिला यमीले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै कार्यक्रमको संयोजन रमिला श्रेष्ठले गर्नु भएको उल्लेख गरिएको छ ।

Publish on: Aug 12, 2018