बुधबार, बैशाख १२, २०८१

महाेत्तरीकाे अाैरही नगरपालिकामा अाज तेस्रो दिन पनि ताला बन्द

  • धर्वेन्द्र कुमार यादव

महोत्तरी असोज १८, महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् । नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर बृद्धि गरेको, बजेट पारदर्र्शी रुपमा सार्वजानिक नगरेको भन्दै स्थानियहरुले मंगलवार बिहान कार्यालयको मुलगेटमा तालाबन्दी गरका छन् ।

यसभन्दा अगाडि कार्यालयमा ज्ञापनपत्र देखि लिएर बिरोधको अनेकौ कार्यक्रम गर्दा समेत हामीहरुकाे माग सम्बोधन गर्नका लागि नगरपालिकाले तयार नभएपछि बाध्य भएर कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको आन्दोलनकारी संयोजक दरेश यादवले बताउनुभयो । नगरपालिकाले बजेट सार्वजानिक गरिएको दिनदेखि नै आफुहरु बिरोधको कार्यक्रम गर्दा समेत नगरप्रमुखले वार्ता वा छलफल गर्नका लागि तयार नभएपछि जनताकाे भावना अनुसार नै तालाबन्दी गरेको संयोजक यादवले जनाउनुभयो ।बिहीबार आन्दोलनका संयोजन दरेश यादवले संवाददाता धर्वेन्द्र कुमार यादव सङ कुरा गर्दै भनुभयो जब सम्म जनताको माग पूरा नहुनुजेलसम्म अनिचित्तकालकाे लागि ताल्चा बन्द गरिएको संयाेजक यादवले बताएका छन् ।

यता नगरप्रमुख सुनिल यादवले भने आफुले बोलाएको बैठकमा आन्दोलनकारीहरु नअाए पछि बार्ता हुन नसकेको धारणा राख्नुभयो ।नगरपालिका जनताको भावना अनुसार नै चल्नको लागि तयार रहेको नगरप्रमुख यादवले तर्क राख्नुभयो । यसभन्दा अगाडि विभिन्न चरणको आन्दोलनको कार्यक्रम गर्दै आएको र औरहीका स्थानियहरु आईतबार नगरपालिकाको मुलगेटमा धर्ना दिएका थिए भने सोमबार बर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।