शुक्रबार, चैत्र १६, २०८०

महासंघ अध्यक्षको संयोजकत्वमा नेजा–बद्रीकुल ग्रामीण उत्कृष्ट पत्रकारिता’ पुरस्कार छनौट समिति गठन

 काठमाडौँ पौष २९, नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘नेजा–बद्रीकुल ग्रामीण उत्कृष्ट पत्रकारिता’ पुरस्कार छनौटका लागि नेजाको अनुरोधमा पत्रकार shiv gauleyमहासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा केन्द्रीय सदस्य खिम घले, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा र साहित्यिक पत्रकार शास्वत पराजुली सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरेको छ । महासंघका अनुसार नेपालको ग्रामीण क्षेत्रमा रही क्रियाशील पत्रकारिता गरिरहेकामध्ये एक उत्कृष्ट पत्रकार छान्नका लागि समिति बनाइएको हो ।
समितिले सार्वजनिक सूचना गरी दरखास्त आहृवान गर्नेछ र समितिले छनौट गरी सिफारिस गरेका तीनमध्ये एक जनालाई नेजाले पुरस्कार प्रदान गर्ने पनि उल्लेख गरिएको छ । पुरस्कार नेजाका पूर्व पदाधिकारी शेखर ढुंगेलले आफ्ना आमाबुबाको नाममा स्थापना गरेका हुन् । पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैया एघार पैसा रहेको छ ।