बिहिबार, बैशाख ६, २०८१

महासंघले चैत ११ मा हिन्दू एकता दिवस मनाउँने

काठमाडौं चैत ८,  विश्वहिन्दू महासंघले चैत ११ गते मर्यादा पुरुषोत्तम भगवानको जन्मजयन्ती एवम् महासंघको स्थापना दिवस अर्थात रामनवमी पर्वलाइ हिन्दू एकता दिवसको प्रारुपमा मनाउँने भएको छ । महासंघका महासचिव अस्मिता भण्डारीका अनुसार उक्त दिन राजधानीस्थित प्रज्ञाभवनको प्रेक्षालयमा प्रवचन लगायतका कार्यक्रम सहित विशेष कार्यक्रमको आयोजना गर्ने तयारी रहेको जानकारी दिनु भएको छ ।

 श्रीरामको जन्मजयन्तीको अवसरमा जनकपुरको गंगा सागर, धनुसागर, लगायतका पोखरीमा स्नानगरि राम–जानकी मन्दिरमा पूजा–पाठ गर्ने गरिन्छ । करिब नौ हजार वर्ष पहिले त्रेता युगमा आजकै दिन भारत अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेठो सन्तानका रुपमा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

राम नवमीमा रामको स्मृतिमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म–वाल्मीकि, तुलसीकृत– भानुभक्तिय रामायण वाचन गर्ने र पूजा–आराधना गरी भजनकीर्तन गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।