शुक्रबार, बैशाख ७, २०८१

  महासंघमा द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया

काठमाडौं पुस १२,  नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजना र कस्मीरका पत्रकारहरुको सहभागितामा आज महासंघ मुख्यालयमा भएको द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै महासंघका उपाध्यक्ष विपुल पोख्रेलले विगतमा नेपालको सञ्चार क्षेत्रले द्वन्द्वको सामना गर्नुपरेको बताउनु भएको छ ।

कार्यक्रममा जम्मु प्रेस क्लबका अध्यक्ष अस्विनी कुमारले विगतको तुलनामा कस्मिरमा प्रेस स्वतन्त्रता हनन्का घटनामा सुधार आएको बताउदै कस्मिरले पत्रकारिताका क्षेत्रले फड्को मारेको बताउनुभयो ।

त्यस्तै महासंघका सल्लाहकार तिर्थ कोइरालाले द्वन्द्वका बेला पत्रकारको सुरक्षामा चुनौती हुने भएता पनि पत्रकाहरुले त्यसबाट ज्ञान हासिल गर्ने धारणा राख्नु भएको थियो भने प्रेस काउन्सिल नेपालका का सदस्य इश्वरी ओझाले जुनसुकै सरकार आए पनि पत्रकारिता पेशा सुरक्षित हुन नसकेको बताउनु भएको थियो ।
कार्यक्रममा बीबीसी वल्र्डका पत्रकार नविन सिहं खड्काले द्वन्द्व पत्रकारिताको बारेमा आफ्नो धारणा राख्नुभएको प्र���प्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु