बिहिबार, बैशाख १३, २०८१

महासंघद्दारा सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको भत्र्सना

 काठमाडौ साउन ३, नेपाल पत्रकार महासंघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको अनशनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाउँदै घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न तथा पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

सम्पादक भट्टराईमाथि दुव्र्यहार:  यसैवीच महासंघले ‘समय सन्दर्भ’का सम्पादक डिल्लीराम भट्टराईमाथि भएको दुव्र्यहारको घटनाको भत्र्सना गर्दै समाचारको विषयलाई लिएर भट्टराईमाथि हस्पिटलका सञ्चालकबाट गरिएको कुटपिट र क्यामेरा तोडफोडको घटनाको घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।

 विज्ञप्तिमा उल्लेख भएअनुसार सम्पादक भट्टराईमाथि समाचार संकलनका क्रममा काठमाडौँको बौद्धस्थित चाइना पिपुल्स हस्पिटलभए प्रालि पुग्नुभएका भट्टराईमाथि दुव्र्यहार गर्दै अस्पतालका सञ्चालक चिनियाँ चाङ छाए इनले आफूलाई भौतिक आक्रमण गरेको र अस्पतालले आफ्ना साथमा रहेको क्यामरा खोसेको र घटना भएपछि बौद्धस्थित प्रहरी कार्यालयमा उजुरी दिनुभएको उल्लेख गरिएकोछ ।

  शीघ्र स्वास्थ्यलाभको कामना:  यसैबीच महासंघले महासंघका पूर्वमहासचिव उजिर मगर दुर्घटनामा परी गम्भीर घाइते भएकामा दुःख व्यक्त गर्दै मगरसहित दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पूर्वमहासचिव मगर बाग्लुङ सदरमुकामबाट बुतिवाङ जाँदै गरेको जीप साउन २ गते साँझ ६ः०० गलकोट नगरपालिका–९ रिघामा पल्टिँदा जीपमा सवार पत्रकार मगरसहित १४ यात्रु घाइते भएका थिए ।

दुर्घटनामा पत्रकार मगरको देब्रे हात भाँचिनाका साथै शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उहाँको गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचारपछि अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

    प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७५ /Thursday , July 19th, 2018