बिहिबार, बैशाख १३, २०८१

महासंघद्दारा शोक व्यक्त

काठमाडौं पुस १३ , नेपाल पत्रकार महासंघले एपीवान टेलिभिजनका चितवन सम्वाददाता प्रवीण पौडेलको ट्रकको ठक्करबाट असामयिक निधन भएकोमा दुःख प्रकट गरेको छ ।

आज दिउँसो हात्ती महोत्सवको समाचार संकलनका क्रममा सौरहा जाँदै गर्दा पत्रकार पौडेल चढेको बा ६१ प ९२१ नम्बरको स्कुटरलाई रत्ननगर नगरपालिका वडा नम्वर १० को निपनीमा ना २ ख २१६६ नम्वरको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका पौडेलको भरतपुर अस्पतालमा निधन भएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै मृतआत्माको चिरशान्तिको कामना एवम् शोकको यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना व्यक्त गरेकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।