शनिबार, बैशाख ८, २०८१

महासंघद्दारा शोक व्यक्त

 काठमाडौ असार १७,  असार नेपाल पत्रकार महासंघले महासंघका सदस्य एवं कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी शोक विज्ञप्तिमा थपलियाको मृत्युको घटनालाई नेपाली पत्रकारिता क्षेत्रको अपूरणीय क्षतिका रूपमा लिएको र स्वर्गीय थपलियाप्रति हार्दिक श्रद्घाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नयाँ विकल्प साप्ताहिक, जनपुकारका साप्ताहिक, खोजतलास साप्ताहिक, सन्ध्याकालीन दैनिक, स्पेसटाइम दैनिक, नयाँपत्रिका दैनिक, नागरिक दैनिकलगायतमा त्रियाशील हुँदै हाल कान्तिपुर दैनिकसंग आवद्ध पत्रकार थपलियाको निधनले नेपाली पत्रकारिताजगत्ले एक जुझारु, निर्भिक, कुशल र अनुभवी पत्रकार गुमाएको उल्लेख गरिएको छ ।  केही दिनदेखि ज्वरोबाट थलिनुभएका ४० वर्र्षीय थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा असार १५ गते निधन भएकोहो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।