शुक्रबार, चैत्र १६, २०८०

महासंघद्दारा प्रहरी ज्यादतीको  भर्त्सना

काठमाडौं चैत १८, नेपाल पत्रकार महासंघले महासंघ कास्की शाखाका निवर्तमान उपाध्यक्ष एवं सभासद् राजेन्द्र अधिकारीलाई समाचार संकलनका क्रममा प्रहरीले प्रक्राउ गरी दुई घण्टा नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 महासंघका सचिव रामप्रसाद दाहालद्दारा जारी विज्ञप्तिमा  आज विहान समाचार संकलनका लागि पोखरास्थित पृथ्वीनारायण क्याम्पस पुगेका पत्रकार अधिकारीलाई प्रहरीले पक्राउ गरेको र त्यसको कृहि समय पछि महासंघ कास्की शाखाको पहलमा रिहा गरिएको उल्लेख गरिएको  छ   ।

त्यस्��ै विज्ञप्तिमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै महासंघले प्रहरीको यस्तो ज्यादतीको घोर भर्त्सना समेत गरेको छ । साथै प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र निर्भीकरूपमा काम गर्ने वातावारण बनाउन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।